खाँदबारी । सङ्खुवासभाको मादीमा भएको बस दुर्घटनमा मृत्यु हुनेको संख्या १३ पुगेको छ । दुर्घटनामा परेका ५ जना घाईतेको उद्धार गरिएको छ ।
घाईते हुनेहरुको उपचारका लागि चैनपुर अस्पताल ल्याईएको छ । ज्यान गुमाएकाहरुको शव पनि पोष्ट मार्टमका लागि चैनपुर नै ल्याईएको छ । बसमा सवारहरुको बिवरण नभएकोले दुर्घटनामा पर्नेहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विहिबार विहान करिव ७ बजे झापा दमकका लागि मादीबाट बस छुटेको थियो । उक्त बस मादी नगरपालिका ६ रामबेनीमा सडकबाट करिव ४ सय मिटर खसेको थियो ।
प्रतिक्रिया