खाँदबारी । चैत्र २७ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल खाँदबारी आउने कार्यक्रम स्थगित गरिएको छ ।
मौसमको प्रतिकलताका कारण नियमित हवाई उडान नभएको र निर्वाचन आचार संहिताका कारण हेलीकप्टरबाट उडान भर्न नमिल्ने भएको भन्दै कार्यक्रम स्थगित गरिएको आयोजक जिल्ला कार्य समितिले जनाएको हो ।
कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको भएपनि तुम्लिङटार एयरपोर्टमा नियमित उडान नभएपछि कार्यक्रम रोक्नु परेको जिल्ला कमिटी संयोजक टेकमान राईले जानकारी दिनुभयो । राईले विज्ञप्ति जारी गर्दै यस अघि तोकिएको मितिमा कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन् ।
प्रतिक्रिया