काठमाडौं । भारतको झारखण्ड राज्यको देवघरमा केवलकार भित्र फसेका पर्यटकलाई उद्धार गर्ने क्रममा ३ जनाको मृत्यु भएको छ ।
पानी र खाना बिना नै २४ घन्टासम्म केवलकारभित्र बिताएकाहरुलाई हेलिकप्टरको सहयोगमा उद्धार थालिएको थियो । त्यस क्रममा हेलिकप्टरबाट खसेर १ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
आइतबार रामनवमीको दिन त्रिकुट पहाडमा रहेको मन्दिरमा दर्शन गर्न जाने क्रममा डोरी चुडिएपछि केवलकारका २६ वटा क्याबिन अड्किएका थिए । त्यसमा झण्डै ५० जना यात्रु फसेका थिए ।
केबलकारको डोरी चुँडिदा ३ वटा क्याबिन भुईँमा खसेको र त्यस क्रममा २ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएको थिए । आइतबार बेलुकी केबलकारमा फसेकाहरुलाई सोमबार हेलिकप्टरको सहायताले उद्धार थालिएको थियो ।
प्रतिक्रिया