सवारीसाधनको ठक्करबाट घाइते भएका भारतीय नागरिकको मृत्यु



विराटनगर । कोसी लोकमार्गअन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–२ मा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा परेर शिवम् प्लाष्टिक उद्योगमा कार्यरत मजदुर भारत बिहारका ५५ वर्षीय अनिल सिंहको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।

उनका अनुसार नम्बर नखुलेको स्कारपिओले गत शनिबार साँझ सिंहलाई ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनामा घाइते भएका सिंहको उपचारका क्रममा बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा आइतबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ठक्कर दिने सवारीसाधनको खोजी जारी राखेर पहिचानको प्रयास भइरहेको छ ।

सम्बन्धित समाचार