बलात्कार अरोपमा फरार व्यक्ति वर्षदिनपछि पक्राउ



तेह्रथुम, असोज १४ गते । तेह्रथुममा १५ वर्षीय बालिकालाई करणी गरी फरार रहेका एक व्यक्ति एक वर्षपछि पक्राउ परेका छन् । बालिकालाई पटक–पटक करणी गरी फरार रहेका लालीगुराँस नगरपालिका–३ का ५४ वर्षीय शंकर थापालाई प्रहरीले पक्राउ गरेको हो । गएको वर्ष असोज २७ गते बालिकालाई करणी गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

त्यसयता थापा फरार रहेका थिए । थापालाई सिआईबीको सहयोगमा काठमाडौंको गौशालाबाट असोज १२ गते पक्राउ गरी आइतबार जिल्ला अदालत तेह्रथुममा उपस्थित गराइएको तेह्रथुमका प्रहरी प्रमुख डिएसपी टेकबहादुर कार्कीले बताउनुभयो । थापाविरुद्ध जबरजस्ती करणी अपराधमा मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार