दुई सचिवमा ४ सहसचिवको दाबी



काठमाडौं । चालु आर्थिक वर्ष  सकिनै लाग्दा दुई सहसचिव सचिव बन्ने भएका छन् ।

उर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जेठ ४ गते अवकाश पाए भने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सचिव रहेकी यमकुमारी खतिवडा जेठ ९ गते अवकाश पाएकी छिन् ।

यस्तै लोकसेवा आयोगका सचिव महेन्द्र गुरागाईँ पनि असार २२ गते अवकाश प्राप्त भएर बिदा हुँदैछन् ।

उर्जा मन्त्रालयलको सचिव देवेन्द्र कार्कीको स्थानमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुशील चन्द्र तिवारी आएका छन् । तर प्रशासनतर्फका दुई सचिव यमकुमारी खतिवडा र महेन्द्र गुरागाईँको स्थानमा दुई सह–सचिवको बढुवा गर्ने तयारी रहेको छ ।

दुई सचिवको लागि ४ सहसचिव लाइनमा छन् । यमकुमारी खतिवडाको स्थानमा सहसचिव विनोद प्रकाश सिंहको बलियो दाबेदारी देखिन्छ । बढुवा सिफारिस गर्दा उनी वरिष्ठको आधार पहिलो नम्बरमा रहेको सामान्य प्रशासन स्रोतले जनाएको छ । यस्तै उनीसँगै सहसचिवहरु गोपिकृष्ण खनाल, दिपक काफ्ले र नारायण शर्मा दुवाडी प्रतिस्पर्धामा छन् ।

खतिवडाको स्थानमा बढुवा भएका बाहेकका सहसचिवहरुले लोकसेवा आयोगको सचिवको पनि दाबेदारी गर्ने देखिन्छ । खतिवडा र गुरागाँईको स्थान लिनका लागि विनोद प्रकाश सिंह, गोपिकृष्ण खनाल, दिपक काफ्ले र नारायण शर्मा दुवाडी गरी चार जना सहसचिव भिड्नेछन् ।

सचिवहरु हेरेफेर

मन्त्रिपरिषद बैठकले केही सचिवहरुको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा गोपाल सिग्देललाई सरुवा गरेर ल्याएको छ ।

नेपाल ट्रष्टमा रहेका सिग्देललाई भौतिक पुर्वाधार मन्त्रालयमा तानिएको हो । उर्जा मन्त्रालयमा सरुवा भएका सुशील चन्द्र तिवारीको स्थानमा भौतिक सचिव रहेका रवीन्द्र श्रेष्ठलाई सरुवा गरिएको छ ।

यस्तै खानेपानी सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव हेरफेर गरिएको छ ।

खानेपानीमा सचिवमा प्रधानमन्त्री कार्यालय मणिराम गेलाल र प्रधानमन्त्री कार्यालयमा खानेपानीका सचिव सुरेश आचार्य सरुवा भएका छन् ।

 

सम्बन्धित समाचार