उम्मेदवारको घर नजिकै भेटिएको शंकास्पद कुकरमा ढुङ्गा भेटियो



मोरङको सुन्दरहरैचा नगरपालिकामा फेला परेको शंकास्पद कुकर भित्र ढुङ्गा फेला परेको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका– ११ शुक्रबारेमा नेकपा एमालेबाट वडा सदस्यको उम्मेदवार जीवनाथ ढकालको घरनजिक शंकास्पद कुकर फेला परेको थियो । बम भएको आशंकामा डिस्पोजका लागि पुगेको नेपाली सेनाको टोलीले कुकर भित्र ढुङ्गा फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले शंकास्पद बस्तु राख्ने व्यक्तीको खोजी भइरहेको बताए । शंकास्पद वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्कृय बनाएको छ । तर्साउने उद्देश्यले बम राखेको आशंका गरिएको छ । कुकरमा निर्वाचन बहिस्कार सम्बन्धी प्रचार सामाग्री टासिएको थियो ।

 

सम्बन्धित समाचार