भोजपुरको उत्तरी साल्पासिलिछो गाउँपालिकाले बिद्युतीकरणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने नवनिर्वाचित अध्यक्ष दौलथ कुलुङले बताएका छन । शुक्रवार भएको सपथग्रहण कार्यक्रमका लागि भोजपुर सदरमुकाम आएका कुलुङले आफु अव पहिलो प्राथमिकतामा बिद्युतीकरणका कार्यक्रमलाई अगाडि बढाउने पक्षमा रहेको बताएका हुन ।
सपथग्रहण पश्चात कोसी अनलाइनलाई प्रतिक्रिया दिदै गाउँपालिका अध्यक्ष कुलुङले पहिलो प्राथमिकता बिद्युतीकरण, दोश्रो सडक, तेश्रो रोजगारीका लागि कृषिलाई प्रोत्साहन गर्दे कृषि सहकारी मार्फत अगाडी बढने मुख्य तीन वटा रहेको बताए । पालिका भित्र छ वटा वडा रहेको बताउँदै अध्यक्ष कुलुङले ती वडा मध्ये एउटाको केही भागमा मात्र बिद्युतीकरणको कार्य सुरु भएकाले पहिलो प्राथमिकता बिद्युत भएको बताए ।
जिल्लाकै दुर्गम गाउँपालिका भएकाले भौतिक पूर्वाधारका समस्या सहित सडकको सुधार, स्वास्थ्य सेवा लगायतमा सुधार गर्ने गरी काम गर्ने अध्यक्ष कुलुङको प्रतिबद्धता समेत रहेको छ । कुलुङ धारा चिन्न लिदै स्वतन्त्र उम्मेदवार बनेका थिए उनी नेपाली कांग्रेसका पूर्व पालिका अध्यक्ष महेश राईलाई पराजित गर्दे गाउँपालिका अध्यक्षमा बिजयी भएका हुन ।
प्रतिक्रिया