आइतबार बिदा दिने निर्णय निजी विद्यालयले नमान्ने, केही सामुदायिक विद्यालय पनि आज खुल्ला



आइतबार बिदा दिने सरकारी निर्णयप्रति असहमति राख्दै अधिकांश शिक्षण संस्थाले आइतबार पनि पठनपाठन जारी राखेका छन् ।

प्याब्सन र एनप्याब्सन काठमाडौंले संयुक्त सूचना जारी गरी आइतबार पनि विद्यालय खुला गर्ने निर्णय गरेअनुरूप आज उपत्यकाका निजी विद्यालय खुलेका छन् । शैक्षिक क्षेत्रमा क्षति पुग्न नहुने भन्दैै ती संस्थाले विद्यालय खुलै राख्ने जनाएका हुन् ।

सरकारको निर्णयलगत्तै विभिन्न स्थानीय तहले पनि तत्काललाई पूर्ववत् अवस्थामै विद्यालय सञ्चालन गर्न निर्देशन दिन थालेका छन् । यससँगै केही सामुदायिक तथा सरकारी विद्यालयसमेत आज सञ्चालन हुनेछन् ।

परीक्षणका लागि भन्दै जेठ १ गतेदेखि दुई दिन शिक्षण संस्था बन्द गर्न गृह मन्त्रालयले सूचना जारी गरेको थियो । तर, सरकारको सो निर्णयको स्थानीय तह र निजी विद्यालय सञ्चालकले विरोध जनाएका छन् ।

पेट्रोलियम पदार्थको खपत कम गर्न र खर्च कटौती गर्न भन्दै सरकारले आइतबार बिदा दिने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार