५ हजारबढी मतान्तरले धरानको मेयरमा स्वतन्त्रका हर्क साम्पाङ विजयी



खाँदबारी । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ निर्वाचित भएका छन्। उनले सत्ता साझेदार गठबन्धनका साझा उम्मेदवार कांग्रेसका किशोर राईलाई भारी मतले पछि पार्दै मयरमा निर्वाचित भएका हुन् ।

उनी ५ हजारबढी मतान्तरले विजयी भएका हुन्। मत परिणाम भने घोषणा गर्न बाँकी रहेको छ । उपमेयरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका इन्द्रबिक्रम बेघा निर्वाचित भएका छन्। उनले एमालेका पदम इस्बो लिम्बूलाई पराजित गर्दै उम्पमेयरमा निर्वाचित भएका हुन् ।

सम्बन्धित समाचार