मिस नेपाल पिसको उत्कृष्ठ २४ मा संखुवासभाकी सदिती श्रेष्ठ



खाँदबारी । मिस नेपाल पिस २०२४ को उत्कृष्ठ २४ प्रतिस्पर्धी छनोट भएका छन् । नेक्स्ट मोडल्स नेपालको आयोजनामा भइरहेको प्रतियोगीताको ७ औं संस्करणमा सहभागि भएकामध्ये २४ जना छनोटमा परेकाहरुको नाम सार्वजनिक भएको छ ।

२४ भध्ये एक जना संखुवासभाकी सदिति श्रेष्ठ पनि छनौट भएकी छिन । खाँदवारी नगरपालिका तुलिङ्गटार घर भएकि सदिती श्रेष्ठ हाल हेल्पिङ्ग हेन्ड सामुदायिक अस्पतालमा कार्यरत छिन ।

स्वास्थ्यखबरसँगको सहकार्यमा हुन लागेको उक्त प्रतियोगीताको प्रायोजन एनक्लेक्स नेपाल हो । सशक्त महिला, सवल राष्ट्र’ भन्ने नारासहित प्रतियोगिता आयोजना हुँदै आएको छ।

यो प्रतियोगितामा नर्सिङ पेशामा रहेकाहरुका व्यक्तिगत विशेषतालाई लिएर प्रतिस्पर्धा हुने गर्छ। स्वास्थ्यलाई पेसाका रुपमा अंगालेकाहरुको सौन्दर्यमा रहेको रुचिलाई उजागर गर्दै विभिन्न व्यवहारिक सीपज्ञान सिकाउन यो प्रतियोगिता गर्ने गरिएको अध्यक्ष रवि धमला बताउँछन्।

प्रतियोगीतामा १६ देखि २८ बर्षसम्मका नर्सले भाग लिएका छन्। कम्तिमा एक वर्ष नर्सिङ अध्ययन गरिसकेका विद्यार्थीहरु, रजिस्टर नर्स र नर्सिङमै रहेकाहरु सहभागी भएका छन्।

प्रतियोगिताका शिर्ष बिजेताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्नुका साथै बिभिन्न उपहार समेत प्राप्त गर्नेछन् । प्रतियोगितामा आधा दर्जन विधामा विजेता छानिने छन् ।

सम्बन्धित समाचार