चिचिला २ ईम्चाेङमा वडा स्तरीय भलिबल प्रतियाेगिता हुने



खाँदबारी । चिचिला गाउँपालिका २ नम्बर वडा खेलकुद विकास समितिकाे आयाेजनामा भलिबल प्रतियाेगिता हुने भएकाे छ । बैशाख १९ बाट चिचिला गाउँपालिका भित्रका वडा स्तरीय महिला र पुरुष भलिबल प्रतियाेगिता हुने भएकाे हाे ।

याे प्रतियाेगिताबाट महिला र पुरुष दुवै तर्फकाे पालिका स्तरीय टिम पनि छनाैट गरिने वडा नम्बर २ का अध्यक्ष दिनेश कुमार राईले जानकारी दिनुभयाे । यस बर्षकाे वडा स्तरीय नीति तथा कार्यक्रमबाट नै बजेट विनियाेजन गरि वडा स्तरीय खेलकुद प्रतियाेगिताकाे आयाेजना गर्न लागिएकाे अध्यक्ष राईले जानकारी दिनुभयाे ।

प्रतियाेगिताकाे दुवै तर्फ विजेताले नगद २० हजार रुपैयाँ, उपविजेताले १३ हजार रुपैयाँ र सेमिफाईनल खेल्ने दुवै टिमले प्रति टिम ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियाेगिता २२ गते सम्पन्न हुनेछ ।

प्रतियाेगिताकाे प्रत्यक्ष प्रसारण MO Sports युटुब च्यानलबाट हुनेछ ।

सम्बन्धित समाचार