धरान । उदयपुरमा चालक निदाउँदा भएको दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ ।
१ नम्वर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार आज बिहान साढे २ बजे उदयपुरको कटारी १४ चनौटे खोला स्थित सिद्धिचरण कच्ची सडक खण्डमा मालवाहक ना ८ ख ८२९७ नम्बरको लोबेट ट्रक सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
मकवानपुरको हेटौडाबाट मिक्स सोलु हाइड्रोपावरको सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालक बारा सिमरा १ बस्ने वर्ष ३५ को सुजित घलान सहचालक सोही स्थान बस्ने वर्ष २५ को नितेस खडका ट्रकमा सवार वर्ष १७ को अनुज लामा, वर्ष ३७ को राजन तामाङको सहित ४ जनाको घटना स्थलमा मृत्यु भएको छ । दुर्घटनाको कारण चालक निदाएको बताइएको छ ।
प्रतिक्रिया