बाघको आक्रमणबाट चितवनको राप्तीमा एक महिलाको मृत्यु



चितवन । चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट सोमवार दिउँसो एक जनाको मृत्यु भएको छ ।

राप्ती नगरपालिका वडा नं। १ मा चितवन राष्ट्रिय निकुञ्ज भित्र घाँस काट्न गएकी सोही ठाँउ बस्ने ५५ बर्षकी सोतीमाया तामाङलाई बाघले आक्रमण गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले जनाएका छन् ।

घटना लगत्तै अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट गएको प्रहरी टोलीले शब जाँच गरी मुचुल्का तयार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सम्बन्धित समाचार