संखुवासभा । चार दिन अगाडी मृत्यू भएको आफ्नो श्रीमानको रहस्यमयी मृत्यू भएको भन्दै कैललीबाट श्रीमती संखुवासभा आई पुगेकी छन् । संखुवासभामा निर्माणाधिन अरुण तेस्रोको ड्याम साईट मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा एक जना कामदारको शव फेला परेको थियो । शनिबार दिउँसो शब फेला परेको प्रहरीले जनाएको छ । अहिलेसम्म आफन्तले शव बुझेका छैनन् ।
कैलली जिल्लाको लम्कीचुवा नगरपालिका–३ चिसापानी बजारकी कमला महतारा आफ्नो श्रीमानको मृत्यूको खबर पाउने वित्तिकै आफन्तहरुसहित संखुवासभा आए । आफन्तलाई जानकारी नै नदिई लाश उठाएको भन्दै रहस्य भएको उनीहरुको भनाई छ । ५० बर्षिय अमर बहादुर महतारा मृत अवस्थामा फेला परेको हो । गत जेठ १२ गते काम गर्न आएका महतारा २८ गते दिउँसो मृत्यू भएको अवस्थामा भेटिएका हुन् । आफन्तले नबुझेपछि शव अस्पतालमा राखिएको छ ।
निर्माण पक्षले माग गरे अनुरुपको क्षतिपुर्ती नदिएसम्म शव नबुझ्ने उनका मृतकका भाई दिल बहादुर महताराले बताए । उनले घटनाका विषयमा कम्पनी जिम्मेवार नबनेको गुनासो समेत गरे । कम्पनीको तर्फबाट क्षतिपुर्तीको नाममा लास लैजाने बाहेक रकम नदिने प्रतिकृया आएको आफन्तको भनाई छ । कम्पनीले विदाको समयमा कार्य क्षेत्रभन्दाबाहिर भएको घटना भन्दै पन्छिएको उनीहरुको दावि छ । श्रीमतिसहित आफन्तहरुले जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालयमा क्षतिपुर्ती दिलाउँदै घटनाको छानविन गर्न लिखित माग समेत गरेको छ । अरुण तेस्रो निर्माण पक्षले आलटाल गरेर शब बुझ्न दवाव दिने गरेको उनीहरुले जानकारी दिएका छन् । फोनमार्फत शब बुझेर लैजान पटक पटक दबाब दिने गरेको उनीहरुको भनाई छ । उचित क्षतिपूर्ती नर्दिसम्म लाश नबुझ्ने भन्दै प्रहरी प्रशासन धाउन थालेको छ । घरैबाट कामदारको रुपमा निर्माण कम्पनीले ल्याएको उनकी श्रीमतिले बताईन् । जबरजस्ती तरिकाले गाडिभाडासमेत लगाएर ठेकेदार कम्पनीका बालेन्द्र शाहि नामका ब्यक्तिले ल्याएको उनको दावी छ । मृतकको एक छोरा छन् । यता निर्माण पक्षको तर्फबाट मृतक परिवारलाई उचित क्षतिपुर्ती दिलाउन प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए । सो आयोजनाका कामदार विदाको समयमा कार्यक्षेत्रभन्दा बाहिर भएकोले विमा वापतको रकम नभएपनि उचित क्षति पुर्ती दिलाउन प्रयास गर्ने प्रजिअ अतिवडाको भनाई छ ।
अरुण तेस्रोमा समय समयमा हुने दुर्घटनाबाट ज्यान गुमाएकाहरुको क्षतिपुर्तीका लागि भन्द्रै पटक पटक आन्दोलन हुने गरेको छ । निर्माण पक्षले कामदारको मृत्यूमा सहज रुपमा क्षतिपुर्ती नदिने गरेकोले आन्दोलन हुने गरेको हो । आन्दोलनका कारण विगतमा करडौंको क्षति समेत भई सकेको छ । गत बर्षकै जेठमा सुरुङ भित्र बारुद लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गााले लागेर कन्चनपुरको शुक्लाफाँट नगरपालिका–१२ का ३७ बर्षीय कृष्ण रानाको मृत्यु भएको थियो । भने सोही स्थानका ५० बर्षीय मिठु राना घाईते भएका थिए । पावर हाउस निर्माणको जिम्मेवारी पाएको पटेल इन्जिनियरिङ लिमिटेडले उक्त समयमा उचित क्षतिपुर्ती नर्दिको भन्दै चर्को आन्दोलन र तोडफोड भएको थियो । उक्त सयमा मृतकका परिवारलाई आयोजनाले ३० लाख रुपैयाँ क्षतिपुर्ती दिएको थियो ।
कुल १ खर्ब ४४ अर्ब रुपैयाँ लागत निर्माण भइरहेको अयोजनाको काम २०२२ मा उत्पादन सुरु गर्ने लक्ष लिएको छ । अरुण तेस्रो जलविद्युत्को निर्माणको काम भारतीय सतलज जलविद्युत निगम ९एसजेभिएन०ले गरिरहेको छ । अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतिय र नेपाली सहित तीन हजार भन्दा बढी मजदुर कार्यरत छन् ।


प्रतिक्रिया