नेपाल पत्रकार महासंघ संखुवासभाको भवन निर्माणको लागि प्रदेश–१ सरकारले छुट्यायो ३० लाख



प्रदेश–१ सरकारले नेपाल पत्रकार महासंघ संखुवासभाको भवन निर्माणको लागि बजेट बिनियोजन गरेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरिले महासंघको भवन निर्माणको लागि ३० लाख रुपैया बजेट बिनियोजन गरेको जानकारी दिनुभयो ।

उहाँले प्रदेश–१ सरकारले बिनियोजन गरेको बजेट, स्थानीय तहले बिनियोजन गरेको बजेटबाट महासंघको भवन निर्माण हुने बताउनुभयो ।

महासंघले निकै लामो समयदेखि सदरमुकाम खाँदबारीमा भवन निर्माण गर्नको लागि पहल गर्दे आएको छ । अध्यक्ष गिरिले अन्य संघ,संस्था र व्यक्तिलाईसमेत सहयोग गर्न आग्रह गर्नुभएको छ ।

सम्बन्धित समाचार