अरुण तेस्रो : निर्माण कम्पनीलाई दिदैनन् भुत्तानी



अरुण तेस्रो जलविद्युत आयोजनाको भारतीय निर्माण कम्पनी पटेल इञ्जिनियरिङले अन्य निर्माण कम्पनीलाई भुत्तानी नगर्दा निर्माण व्यवसायी मारमा परेका छन् । पटेलले पेटी ठेक्काको रुपमा अन्य कम्पनीलाई काम गर्न लगाएर भुक्तानी रोकेको हो । वर्षौ अघि काम सम्पन्न गरिए पनि भुत्तानी नदिए पछी निर्माण व्यवसायी मारमा परेका छन् ।

ड्याम साइट निर्माण स्थल फ्याक्सिन्दा देखि अडिट २ र अडिट ३ तर्फ जाने सडकको स्तरोन्नतीका लागि पटेलले रौताहा कन्स्ट्रक्सन प्रा.लि. काठमान्डौलाई दिएको थियो । पटेलले रौताहासँगको सम्झौता अनुसार काम सम्पन्न गरेको प्रमाणपत्र सन् २०२०/०९/१२ मा दियो । तर १८ करोड ४५ लाख ३० हजार ३ सय ६० लागतमा काम सम्पन्न भएपनि हालसम्म धरौटी सहित ९८ लाख २ हजार ९ सय ७ रुपैंया भुत्तानी दिन दुई वर्षदेखि आलटाल गरिरहेको रौताहा कन्स्ट्रक्सनका भिम बहादुर थापा बताउँछन् । बिल भुत्तानी प्रक्रियाको क्रममा रहेको भन्दै वर्षौँ झुलाई रहेको थापा गुनासो गर्छन् ।

यस विषयमा पटेलका लेखा प्रमुखसँग कुरा गर्दा रौताहा कम्पनीलाई धरौटी बापतको रकम मात्रै भुत्तानी बाँकी रहेको बताउँछन् । उनले भने आवश्यक कागजी प्रक्रियाको लागि दिल्ली पठाइएको छ । अब चाँडै भुत्तानी हुने आश्वासन दिए । तर उनीहरुको आश्वासन पटकपटक थपिएको भिम थापा बताउँछन् । दुई वर्ष अघि देखिनै चाँडै भुत्तानी हुने भन्दै आश देखाईरहेका छन् । रौताहाले पटेलमार्फत धरौटी बापतको मात्रै पनि ९२ लाख २६ हजार ५ सय १२ रुपैंया पाउनु पर्नेछ । यस बाहेक ५ लाख ७६ हजार ३ सय ९५ काम गरेकै रकम पाउन बाँकी रहेको थापाको दावी छ । आयोजनाको काम सम्झौता अनुसार सम्पन्न गरेर भुक्तानी माग गर्दा समेत बेवास्ता गरेपछि मजदुरहरूलाई भुक्तानी दिन नसकिएको र बैंकले समेत धितो लिलाम गर्ने अवस्था सिर्जना भएको थापाले बताए ।

रकम भुत्तानी दिन ढिलाई गरेको भन्दै भिम थापा अहिले प्रशासनिक निकायसम्म पुगेका छन् । गत जेष्ठ ३० गते भुत्तानी सहजीकरणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय खाँदबारीमा उनले निवेदन दिएका छन् । गत आव २०७७/०७८ मा पटकपटक ताकेता गर्दा पनि रकम भुत्तानी नगरेपछी जिल्ला प्रशासन कै सहयोगमा भुत्तानी प्राप्त भएको उनको भनाई छ । अरुण तेस्रोका निर्माण कम्पनीले भुत्तानी नदिएको भन्दै जिल्ला प्रशासन तथा प्रहरी कार्यालयमा उजुरीको चाङ लाग्ने गरेको छ ।

भुक्तानी दिने विषयमा निर्माण चरणको सुरुवात देखिनै समस्या देखिदै आएको भन्दै भुत्तानी नरोक्न निर्माण व्यवसायीहरु बताउने गरेका छन् । भुत्तानी रोकीदा मजदुरलाई समेत ज्याला तिर्न र निर्माण सामाग्रीको भुत्तानी गर्न समस्या हुने भन्दै तत्काल भुत्तानी दिन निर्माण व्यवसायी सन्तोष राईले बताए ।

 

सम्बन्धित समाचार