बरुण दोभानमा सप्ताह ब्यापी रमाईलो मिनि मेला लाग्ने



भोटखोला । भोटखोला गाउँपालिका ४ स्थीत बरुण र अरुण दोभानमा मिनी मेला लगाईने भएको छ । मकर नुहाउन आउने भक्तजनहरुलाई लक्षित गर्दै भोटखोला यातायात प्रालीले मेलाको आयोजना गर्ने भएको हो ।

मेला पुष २३ देखि माघ १ गतेसम्म लाग्ने आयोजक भोटखोला यातायात प्रा‍.लिका अध्यक्ष फुर्पु छिरिङ भोटेले जानकारी दिनुभयो । मेलामा साँस्कृतिक कार्यक्रम, विभिन्न मनोरञ्जनात्मक खेलहरु सञ्चालन गरिने अध्यक्ष भोटेले जानकारी दिनुभयो ।

माघे सक्रान्तिको समयमा बरुण दोभानमा बर्षेनी सयौं धार्मिक पर्यटकहरु मकर नुहाउन पुग्ने गरेका छन् । यस पटक पनि मकर नुहाउन जानेहरु तथा स्थानीयको मनोरञ्जनको लागि मेलाको आयोजना गर्न लागिएको बताईएको छ ।

सम्बन्धित समाचार