बाला । संखुवासभा जिल्ला प्रदेश सभा (क) का प्रदेश सभा सदस्य राजेन्द्र कार्कीले नेकपा माओवादी केन्द्र पहिचानको पक्षमा लडिरहने बताउनुभएको छ । सिलीचोङ २ बालामा आयोजित किराँत मेवाहाङ जातिको दोश्रो राष्ट्रिय सम्मेलनमा बोल्नु हुँदै उहाँले यस्तो बताउनुभएको हो ।
पछिल्लो समय प्रदेश १ को नामाकरण बारेमा आफु पनि सन्तुष्ट नरहेको तर बाध्य भएर ‘कोशी’ प्रदेश नामाकरण गर्नु परेको बताउनुभयो । आफुहरुले काेशी नामाकरणमा असहमति जनाउँदा प्रदेश नाम पाउने सम्भावना नभएकाेले बाध्य भएर कोशीको पक्षमा मतदान गर्नुपरेको बताउनुभयो ।
हाल प्रदेशको नाम कोशी राखिए पनि २ तिहाई बहुमतबाट नाम परिवर्तन गर्न सकिने भएकोले पहिचान सहितको नाम राख्न निरन्तर प्रयास गर्ने बताउनुभयो । प्रमुख अतिथिकाे रुपमा कार्यक्रममा उपस्थित सांसद कार्कीले मेवाहाङ समुदायकाे दाेश्राे राष्ट्रिय सम्मेलनकाे शुभकामना ब्यक्त गर्नुभएकाे थियाे ।
प्रतिक्रिया