संचारकर्मी जैरुले पाए २५ हजार रुपैयाँ राशीको ‘एभिसिएनसी पत्रकारीता पुरस्कार’



संखुवासभा । मकालु गाउँपालिकाको केन्द्र नुम बजारबाट सञ्चालित रेडियो सांग्रीला एफ एममा कार्यरत संचारकर्मी नविनकला जैरु ‘एभीसीएनसी पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएकी छिन् । उनले परस्कार वापत नगद पच्चिस हजार रुपैयाँ प्राप्त गरेका हुन् ।

मकालु गाउँपालिका–२ सेदुवा घर भएका जैरुलाई आज (आइतबार) एक कार्यक्रम बीच प्रदेश सभा सदस्य विदुर लिङथेप र पत्रकार महासंघ संखुवासभा शाखाका अध्यक्ष इन्द्र गिरीले नगद २५ हजार रुपैया राशीको ‘एभीसीएनसी पत्रकारिता पुरस्कार’ हस्तान्तरण गरेका हुन् ।

जिल्लाको चैनपुर नगरपालिका–१० स्थित काफलडाँडामा रहेको अरुणभ्याल्ली सामुदायिक सूचना केन्द्र (एभीसीएनसी) ले रेडियोको प्रथम बार्षिक साधारणसभाको अवसर पारेर पुरस्कार वितरण गरेको हो ।

नेपाल पत्रकार महासंघ संखुवासभा शाखाको सिफारिसको आधारमा एभीसीएनसीले संचारकर्मी जैरुलाई पुरस्कृत गरेको एभीसीएनसीका अध्यक्ष प्रेम निरौलाले बताए । निरौला सो एभीसीएनसी संस्थाका अध्यक्ष तथा जिल्लामा क्रियाशिल पत्रका समेत हुन् ।

जिल्लामा महिला पत्रकारहरुको संख्या न्युन रहेकोले उनीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ पुरस्कार वितरण गरिएको निरौलाले जानकारी दिए ।

सम्बन्धित समाचार