मेवाहाङ याखाेम्माकाे राष्ट्रिय सम्मेलन सम्पन्न, केन्द्रीय अध्यक्षमा दाेहाेरिए संकरदास मेवाहाङ



खाँदबारी । किराँत मेवाहाङ याखाेम्माकाे दाेश्राे राष्ट्रिय सम्मेलन सिलिचाेङ २ बालामा सम्पन्न भएकाे छ । सम्मेलनले संकरदास मेवाहाङकाे अध्यक्षतामा १७ सदसीय केन्द्रीय कार्य समिति चयन गरेकाे छ ।

संकरदास मेवाहाङकाे अध्यक्ष पदमा याे दाेश्राे कार्यकाल हाे । समितिकाे बरिष्ठ उपाध्यक्षमा काठ्माण्डाैका सन्ताेष मेवाहाङ चयन भएका छन् । उपाध्यक्ष पदमा बाला सङ्खुवासभाका मेनुका मेवाहाङ चयन गरिएकाे छ ।

महासचिव पदमा माेरङ जिल्लाका विश्वरसिंह मेवाहाङ चयन भएका छन् । सचिव पदमा भने संखुवासभाका खेवाहाङ मेवाहाङ चयन गरिएकाे छ । काेषाध्यक्ष पदमा सङ्खुवासभाका मचिन्द्र मेवाहाङ र सहकाेषाध्यक्षमा संखुवासभाकै संगिता मेवाहाङ चयन गरिएकाे छ ।

केन्द्रीय कार्य समिति सदस्यमा १० जना चयन गरिएकाे छ । समितिकाे कार्य अवधी ३ बर्षकाे रहनेछ ।

फागुन २० र २१ गते सञ्चालन गरिएकाे राष्ट्रिय सम्मेलनमा विभिन्न जिल्लाहरुबाट प्रतिनिधी तथा पर्यवेक्षकहरुकाे उपस्थिती रहेकाे थियाे । संखुवासभा जिल्ला प्रदेश सभा (क) तर्फका सांसद राजेन्द्र कार्कीकाे प्रमुख आतिथ्यतामा आयाेजित कार्यक्रममा किराँत महासंघका केन्द्रीय अध्यक्ष धिरज बाहिङ, नेपाल स‌ंगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपती एवम् बरिष्ठ कलाकार सम्भु राई लगायतका विशिष्ट ब्यक्तिहरुकाे उपस्थिती रहेकाे थियाे ।

 

सम्बन्धित समाचार