लिस्वन । खाँदबारी नगरपालिका वडा नम्बर १० मा रहेको जनता माध्यमिक विध्यालयका पूर्व विध्यार्थीहरुद्वारा एसोसिएसन गठन गरेका छन् । विध्यालयको ८४ ओैं वार्षिकोत्सवको अवसरमा फागुन २२ गते गठन गरेको एसोसिएसनको नाम ‘जनता जनता मावि पूर्व विध्यार्थी एसोसिएसन, खाँदबारी १०, चन्दनपुर, संखुवासभा’ रहेको छ ।
उक्त विध्यालयमा अध्ययन गरेका देश तथा विदेशमा रहेका पूर्व विध्यार्थीहरुलाई समेटेर बनाएको १३ सदस्यीय कार्यसमितिको संस्थापक अध्यक्ष पोर्चुगलमा कर्मथलो भएका राजकुमार थापा रहेका छन् भने बेलायतमा रहेका सुवास भण्डारी सदस्य-सचिव रहेका छन् । उनिहरु दुबै खाँदबारी १०, चन्दनपुरका स्थायी बासिन्दा हुन् ।
पूर्व विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुबीच पुनर्मिलन गर्दै आफूले जानेको र सिकेको ज्ञानलाई विध्यालयको विकासमा प्रयोग गरी उत्कृष्ट शैक्षिक केन्द्र निर्माण गर्न एसोसिएसन गठन गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
वि. सं. १९९५ सालमा भाषा पाठशालाको रुपमा स्थापना भएको उक्त विध्यालयमा हाल कक्षा १२ सम्म अध्ययन तथा अध्यापन भइरहेको छ ।
प्रतिक्रिया