नेपाली महिला समाज, पोर्चुगलले अन्तरक्रिया कार्यक्रम गर्दै



लिस्वन । नेपाली महिला समाज, पोर्चुगलले ११३ ओैं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । समाजले प्रतिनिधिसभा सदस्य सोविता गौतमको प्रमुख आतिथ्यतामा आगामी मार्च १२ मा गर्न लागेको हो ।

भर्चुअल माध्यम जुम मार्फत सञ्चालन हुने कार्यक्रममा असमानता तथा महिला हिंसा विरुध्द प्रवासी महिलाहरुको भूमिकाको विषयमा बहस र अन्तरक्रिया हुने समाजकी अध्यक्ष माया खरेलले जानकारी दिए।

कार्यक्रममा पोर्चुगलका लागि अवैतनिक महावाणिज्यदूत मकर हमाल, साहित्यकार निलम कार्की (निहारीका) एनआरएनएकी पूर्व महिला संयोजक रजनी प्रधान, अष्ट्रियाकी नेपाली पर्यटनदूत बाबा राजेश्वरी थापा, सञ्चारकर्मी इन्दिरा चाम्लिङलगायतको उपस्थिति रहने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार