अस्वीकृत करुवा छाेप्नेलाई ‘उछृङ्खल’ करार नगराैं, करुवा झिकेर सुरक्षित राखिदिउँ



सङ्खुवासभाकाे एतिहासिक तथा पुरानाे चैनपुरकाे पहिचान बाेकेकाे चैनपुरे करुवा स्तम्भलाई लिएर पछिल्लाे समय चैनपुर नगरपालिका आलाेचित भईरहेकाे छ । पित्तलकाे १० फुट उचाई भएकाे करुवा निर्माण गरि ल्याए पनि चैनपुरे करुवा जस्ताे स्वरुप नभएकाे भन्दै तिब्र आलाेचना भएपछि निर्माण पक्षलाई पुन: अर्काे करुवा निर्माण गर्ने सहमति भईसकेकाे चैनपुर नगरपालिकाले जनाएकाे छ ।

निर्माण भईआएकाे करुवा चैनपुरे करुवा जस्ताे नभएकाे नगरपालिकाले समेत स्वीकारिसकेपछि स्थानीय युवराज ताम्राकार लगायतका स्थानीय युवाहरुले त्रिपालले छाेपिदिए । जिराे पाेईन्ट जस्ताे चाेकमा राखिएकाे अस्वीकृत करुवाले चैनपुरे करुवाकाे पहिचान बारे नै गलत सन्देश जाने भएकाेले युवाहरुले छाेपेर राखेकाे तर्क गर्छन् । अझ गलत आशय सहित ल्याईएकाे त्यस करुवा त्यहाँ यत्तिकै राखे विभिन्न बहाना बनाएर त्यसैलाई सदर गराउन सक्ने भएकाेले छाेपेकाे बताउँछन् उनीहरु । तसर्थ त्यहाँ राखिएकाे करुवा कि हटाउनु पर्ने, कि त छाेपेर राख्नु पर्ने युवाहरुकाे दावी छ ।

करुवा छाेपेर राखेकाेमा नगरपालिका परिवार सन्तुष्ट छैनन् । सनिबार आयाेजित पत्रकार सम्मेलनमा उनीहरुलाई उछृङ्खल जमातकाे संज्ञा नै दिईयाे । नगरपालिकाका जनप्रतिनिधीहरु जनताकाे प्रतिनिधी भएकाेले आफुहरुकाे निर्णय लागु हुने नगर प्रमुख कृष्णकुमार तामाङकाे भनाई छ । उनी भन्छन्, ‘हाम्राे निर्णय लागु नहुने हाे भने यत्राे खर्च गरेर किन निर्वाचन गराउनु, भिड र जमातले निर्णय गरे भईगाे नी ।’

करुवा निर्माणकाे क्रममा केहि प्रकृयागत त्रुटी भएकै हाे । यसमा अघिल्लाे जनप्रतिनिधीहरुकाे गलत आसय नभएपनि शंका गर्ने ठाउँहरु छन् । तर सवै शंका सहि नहुन सक्छ । जे हाेस, अनेक टिकाटिप्पणी, विराेध, छलफलपछि पुन: अर्काे करुवा निर्माण हुने भएकाे छ । यसलाई उपलब्धिकाे रुपमा लिनु पर्दछ । करुवा निर्माता नालजाेर्मा आर्टसले आफै म अर्काे चैनपुरे करुवा जस्तै निर्माण गरेर अघिल्लाे करुवा (हालकाे बिवादित) फिर्ता लैजान्छु मलाई ५ महिनाकाे समय दिनुस भनेर फर्किएका छन् । यसलाई पनि सकरात्मक रुपमा लिनु पर्दछ । करुवा निर्माणकाे क्रममा अघिल्लाे पटक नमुना करुवा नदिईए पनि यस पटक ‘स्याम्पल’ दिएर पठाईएकाे छ जस्ले गर्दा अव बन्नेमा ढुक्क रहने अवस्था छ ।

अब अर्काे कुरा, बिवादित करुवा परिवर्तन गर्ने पालिकाकाे निर्णय पछि युवाहरुले छाेपेर राख्नुलाई पनि गलत सावित गर्न उचित देखिन्न । छाेपेर राख्दा भाैतिक तथा वातावरणिय हिसावले सुरक्षित हुन्छ । अझ मुख्य कुरा त त्यहाँ राखिराख्दा चैनपुरे करुवाकाे बनाेट बारे गलत सन्देश जाने र युवाहरुकाे आशंका जस्तै कथन कदाचित साेहि करुवा नै कायम गरियाे भने थप बिवादित हुन सक्छ ।

तसर्थ, करुवा छाेपेर राख्नेहरु प्रति दुरासय राख्नु, बल प्रयाेग गरेर छाेपिएकाे त्रिपाल हटाएर सदर भए जस्तै गरि राख्नु सहि नहुन सक्छ । बल प्रयाेग गरेर सदर गरिएकाे झै राखे नगरपालिका थप आलाेचित हुन सक्ने देखिन्छ । यसले थप बिवाद सिर्जना भई संरचनामा नै पनि क्षति पुग्न सक्ने भएकाेले अस्वीकृत भएकाे करुवा निकालेर सुरक्षित ठाउँमा राखिदिनु उपयुक्त देखिन्छ । करुवा निर्माताले दिएकाे समय ५ महिनासम्म सुरक्षित राखिदिनु नगरवासी र नगरपालिकाकाे मानवीय कर्तब्य पनि हाे ।

सम्बन्धित समाचार