मिश्राले ल्याइन् दिलको दरबार (भिडियाे सहित)



काठमाडौं । गीतकार मिश्रा गुरुङको साङ्गीतिक कोसेली दिलको दरबार सार्वजनिक भएको छ ।

साङ्गीतिक रियालिटी सो मेरो भ्वाइस युनिभर्सका फाइनलिष्ट परेश राई र कुसुम गुरुङको स्वरमा रहेको गीतमा सङ्गीत शशी गुरुङको रहेको छ ।

अनुशा साम्पाङ राई र मीन गुरुङ मुख्य मोडल रहेको गीतमा आशिष लिम्बू र सलिना भुजेल नृत्य समूहको लिड रोलमा रहेका छन् ।

अनिल थुलुङको कोरियोग्राफी रहेको गीत क्यास म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यसअघि मिश्राको ‘फूलको धारले’ गजल सार्वजनिक भएको थियो ।

 

सम्बन्धित समाचार