इजरायलमा मृत्यु भएका नेपालीहरू प्रति समर्पित गीत “शोक” सार्वजनिक



काठमाडौँ । इजरायलमा मृत्यु भएका नेपालीहरू प्रति समर्पित गीत “शोक” सार्वजनिक भएको छ ।

समीक्षा अधिकारीको स्वर, सुरेशचन्द्र दाहाल एवं भरत गुरागाईँ बर्बरीकको शब्द तथा राजन क्षेत्रीको सङ्गीत रहेको उक्त गीत पूर्वेली इन्टरटेन्मेन्ट यूट्रयुव च्यानल मार्फत सार्वजनिक गरिएको हो । नेपालीहरूको बिदेसिने बाध्यता र भोग्नु परेको पिडालाई गीतमा उठान गरेको पाइन्छ ।

विनोद बाजुरालीकाे एरेन्ज रहेको गीतमा गुरागाईँ बर्बरीक, मेनुका माझी तथा वसन्त बस्नेको सशक्त अभिनय रहेको पाइन्छ । गीत पूर्वका विभिन्न स्थानहरूमा छायाङ्कन गरिएको छ ।

वसन्त बस्नेत तथा सुरेशचन्द्र दाहालको निर्देशन, विशाल श्रेष्ठको छायाङ्कन, सम्पादन रहेको गीतमा वाल कलाकारहरूको उत्कृष्ठ अभिनय रहेको पाइन्छ ।

सम्बन्धित समाचार