मंसिर २६ बाट नुनढाकीमा बृहद खेलकुद तथा साँस्कृतिक कार्यक्रम हुने



खाँदबारी । सङ्खुवासभाकाे चैनपुर नगरपालिका नुनढाकीमा म‌सिर २६ गतेबाट बृहद खेलकुद तथा साँस्कृतिक कार्यक्रम हुने भएकाे छ । नुनढाकीलाई पर्यटन गन्तब्यकाे रुपमा विकास गर्न सहयाेग पुर्याउने उद्देश्यका साथ मिल्के जनउत्थान मञ्चले कार्यक्रमकाे आयाेजना गर्न लागेकाे हाे ।

खेलकुद तर्फ खुल्ला पुरुष फुटबल, वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियाेगिता, पब्जि खेल प्रतियाेगिता हुने भएकाे छ । साँस्कृतिक कार्यक्रम तर्फ नृत्य प्रतियाेगिता र ख्याति प्राप्त कलाकारहरु मिलन नेवार, जेनिश राई र सङखुवासभाका कलाकारहरुले साँगितिक प्रस्तुती दिने भएका छन् ।

फुटबल तर्फ विजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद ८१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् भने उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । भलिबल तर्फकाे विजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ३१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् ।

तृत्य प्रतियाेगितामा प्रथम हुनेले नगद २० हजार रुपैयाँ द्वितीय हुनेले १५ हजार रुपैयाँ र तृतीय हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

खेलकुद प्रतियाेगिता म‌ंसिर २६ बाट हुनेछ भने साँस्कृतिक तथा साँगितिक कार्यक्रम मंसिर २८ गते सञ्चालन गरिनेछ आयाेजक संस्था मिल्के जनउत्थान मञ्चका अध्यक्ष सुदिप लिम्बुले जानकारी दिनुभयाे ।

सम्बन्धित समाचार