संखुवासभा कलाकार चौतारीमा कमल खत्रीकाे नेतृत्वमा नयाँ कार्य समिति



खाँदबारी । संखुवासभा कलाकार चौतारी काठमाडौं नेपालको तेस्रो साधारणसभाबाट नयाँ कार्य समिति चयन भएको छ । कमल खत्रीकाे अध्यक्षतामा १७ सदसीय समिति चयन भएका हुन् ।

शनिबार काठमाडाैंमा सम्पन्न चाैतारीको तेस्रो साधारणसभाले समितिको उपाध्यक्षमा भविन ढुंगाना, सचिवमा डीजे मेवाहाङ, सहसचिवमा राजु बाह्रकोटी, कोषाध्यक्षमा कुसुम गुरूङ र सहकोषाध्यक्षमा नाैलीमाया याम्फु चयन गरेको छ । त्यस्तै निलम गुरूङ, गुरू भोटिया, प्रेम तामाङ, परेश राई, छिरिङ भोटे, तृतीय गुरूङ, पवित्रा गुरूङ, प्रभा राई, गोविन्द राई, डेगेन्द्र मेवाहाङ र वाङछिरिङ भोटिया कार्यसमितिमा सदस्य छन् ।

साधारणसभाले सूचना प्रविधि समिति पनि चयन गरेको छ । जसको संयोजकमा मणिराज गुरूङ, सदस्यद्वयमा विशाल याम्फु र दिपेन्द्र याम्फु रहेका छन् । त्यस्तै विदेश सम्पर्क संयोजकमा विकास गुरूङ (कोरिया), पद्मा लिंखा मगर (अमेरिका), डीबी कुलुङ (कतार), आङ ङिमा शेर्पा (अष्ट्रिया), डीके किराती (दुबई), मणिशेखर गुरूङ (हङकङ), सयपत्री थुलुङ (जापान), रोशिका गुरूङ (कुवेत) र चञ्चला गुरूङ (बेलायत) रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष खत्रीका अनुसार २०७६ साल फागुन २३ गते जिल्ला प्रशासन कार्यालय काठमाडाैंमा दर्ता भएको यस संस्थामा कार्य समितिको कार्यकाल दुई वर्ष रहन्छ । उनका अनुसार संखुवासभामा जन्मी देश विदेशमा छरिएर कलाकारिता क्षेत्रमा निरन्तर लागेका सबैकाे छाता संगठन निर्माण गरी अग्रजलाई सम्मान र नव प्रतिभालाई प्राेत्साहन गर्नु संस्थाको मुख्य उद्देश्य रहेको छ ।

सम्बन्धित समाचार