असार ६ देखि संखुवासभाको उत्तरी क्षेत्रमा दैनिक ४ घण्टा विद्युत अवरुद्ध हुने



खाँदबारी । जेठ ६ देखि १५ दिनसम्म संखुवासभा सदरमुकामदेखि उत्तरी क्षेत्रमा दैनिक ४ घण्टा विद्युत अवरुद्ध हुने भएको छ । खाँदबारी ९ तुम्लिङटारदेखि छ्याङ्कुटीसम्मको मुख्य लाईनको तार परिवर्तन गरिने भएकोले विद्युत अवरुद्ध हुने भएको हो ।

हाल सञ्चालनमा रहेको खुल्ला तार हटाई ईन्सुलेसन सहितको तार परिवर्तन गरिने भएकोले हरेक विहान ६ बजेदेखि १० बजेसम्म विद्युत अवरुद्ध हुने खाँदबारी वितरण केन्द्र प्रमुख दिवस यादवले जानकारी दिनुभयो । यस कार्यले खाँदबारी बजार, चिचिला, सभापोखरी, सिलिचोङ, मकालु र भोटखोलामा विद्युत अवरुद्ध हुने केन्द्र प्रमुख यादवले जानकारी दिनुभयो ।

खुल्ला तार हुँदा सामान्य पानी झरीमा समेत समस्या आउने गरेको, रुखको हाँगा, बाँस आदिले छुन जाँदा मात्र पनि विभिन्न समस्याहरु आउने गरेको छ । खुल्ला तार हटाई ईन्सुलेसन सहितको तार राख्दा त्यस्तो समस्या कम हुने विद्युत प्राधिकरणको भनाई छ ।

सम्बन्धित समाचार