विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इञ्चार्ज शेरधन राईले कोशी प्रदेश सरकार पुनर्गठनको गृहकार्यभइरहेको बताउनुभयो ।
विराटनगरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन दल नेपाली कांग्रेससँग मन्त्रिपरिषद् हेरफेरका लागि छलफल जारी रहेको बतोउनुभयो । कोशी प्रदेशका दुई मन्त्री विवादित छन् । अन्य मन्त्रीको कार्यकुशलतामाथि पनि ती दलहरूभित्रै प्रश्न उठिरहेको छ ।
सरकारलाई थप प्रभावकारी बनाउन मन्त्रिपरिषद हेरफेर गर्ने बताउँदै राईले भने, ‘हाम्रा साझेदारहरूलाई स्पष्ट भनेका छौं, चुकेका मन्त्रीहरूलाई फिर्ता बोलाउनुहोस् र नयाँ अनुहार पठाउनुहोस्।’
प्रश्न उठेका र काम गर्न नसकेका दुवै दलका मन्त्री परिवर्तन हुने उनको भनाइ छ । कोशी प्रदेशमा एमालेबाट ४ र कांग्रेसबाट ३ जना मन्त्री र १–१ राज्यमन्त्री छन् ।
नेता राईले २३ र २४ भदौको जेन(जी आन्दोलनपछि मुलुक असामान्य अवस्थामा रहेको भन्दै वर्तमान सरकार चुनाव गराउन नबनेको दावी गरे ।
जेन(जी पुस्ताको शान्तिपूर्ण आन्दोलन अपहरण गरी हिंसा मच्चाउनेहरूमाथि कडा कारबाही गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने उनको भनाइ छ ।
अनलाईनखबरबाट साभार


प्रतिक्रिया