सङ्खुवासभामा ५३ प्रतिशत खस्यो मत



खाँदबारी । सङ्खुवासभामा ५३ दशमलव १९ प्रतिशत मत खसेको छ । जम्मा १ लाख १९ हजार ६३० जना मतदाता रहेको जिल्लामा ६३ हजार ६३४ मत खसेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार ३० हजार ४५४ जना महिला र ३३ हजार १८० पुरुषले मतदान गरेका हुन् ।
सङ्खुवासभामा १ सय ६४ मतदान केन्द्र थिए । त्यस मध्ये ५ मतदान केन्द्र अति दुर्गम क्षेत्रमा रहेका छन् ।

भोटखोला गाउँपालिकाको थुदाम, रिदाक र किमाथाङ्का, सिलिचोङ् गाउँपालिकाको थौथला र काम्पेप मतदान केन्द्र अति दुर्गम मतदान केन्द्र रहेका छन् । उक्त मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याउने तयारी गरिएको बताईएको छ ।

सम्बन्धित समाचार