खाँदबारी । साल्पासिलिछो गाउँपालिका ५ को माबु बजारमा रहेको मुन्दुम होटल सँधैका लागि बन्द हुने भएको छ । गत चैत्र १ गतेको हावाहुरीले ठुलो क्षति भएपछि होटल बन्द गर्ने सञ्चालक आङछिरिङ शेर्पाले जानकारी दिनुभयो।
हावाहुरीले हाेटलमा ठुलो क्षति पुगेको र पुनर्निर्माण गर्न लाखाै रुपैयाँ लाग्ने भएकोले पुननिर्माण गर्न नसक्ने सञ्चालक शेर्पाले बताउनुभयो । स्थानीय सरकार, स्थानीय समिति र बन समुहलाई सहयाेगको आग्रह गरेपनि कुनै राहत प्राप्त नभएको उहाँले बताउनुभयो । आफू एक्लैले पुन:निर्माण गर्न अत्याधिक खर्च हुने, बनजंगलबाट आवश्यक काठपात निकाल्न सजिलो नहुने लगायतका कारणले हाेटन पुन निर्माण गर्न नसक्ने शेर्पाले बताउनुभयो ।
शेर्पाले माबु बजारमा होटल राखे वापत स्थानीय समिति र बन समुहलाई बार्षिक ६०,६० हजार रुपैयाँको दरले १ लाख २० हजार रुपैयाँ रकम तिर्दै आएको बताउनुभयो । ति समुहहरुबाट पनि यो विपतको समयमा सहयोग नपाएपछि होटल नै बन्द गर्नु परेकाे शेर्पाले बताउनुभयो ।
मुन्दुम ट्रेल अन्तर्गतको रुटमा माबु बजारमा यो एउटा मात्र हाेटल रहेको बताईएको छ । यहाँ होटल बन्द भएसँगै पदयात्रीहरुलाई असहज हुन सक्ने देखिएको छ ।


प्रतिक्रिया