असार ४, २०७४, स्थानीय तहको दोस्रो चरण निर्वाचनअन्तर्गत आगामी १४ असारमा हुने मतदानका लागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले अाज उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचनका आयोगको कार्यतालिकाअनुसार बिहान ८ देखि उम्मेदवारी दर्ता सुरु भएकाे थियाे । उम्मेदवारी दर्ताकाे लागि अपराह्न चार बजेसम्मकाे समय तय गरिएकाे थियाे ।
दोस्रो चरणमा १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि १४ असारमा मतदान हुँदैछ । ती स्थानीय तहका ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित गर्नेछन् । राजनीतिक दलहरुले ठूलाे उत्साहका साथ उम्मेदवारी दर्ता गराएका छन्। । उम्मेदवारी दर्ता गर्न दलहरु बाजागाजासहित जिल्ला निर्वाचनकाे कार्यालयमा पुगेका थिए ।
३५ जिल्लाका एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुन लागेकाे हाे । निर्वाचनमा ४ हजार ५ सय ८१ मतदानस्थलमा ८ हजार ३ सय ६४ मतदान केन्द्र छन् । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिनेछन् । मतदाता शिक्षाका लागि आयोगले दोस्रो चरणको निर्वाचनमा हरेक मतदान केन्द्रमा कम्तीमा एकजना मतदाता शिक्षा कार्यकर्ताको दरले करिब ८ हजार ३ सय ५० कर्मचारीलाई मतदाता शिक्षाका सामग्रीसहित परिचालन गरेको बताएको छ ।
प्रतिक्रिया