ईटहरीमा जंगल छेउमा कुहिएको अबस्थामा एउटा शव फेला



ईटहरी । सुनसरीको ईटहरी उपमहानगरपालिका २० स्थित पनिपिया जंगल छेउमा कुहिएको अबस्थामा एउटा शव फेला परेको छ । अन्दाजी ३० / ३५ बर्षको जस्तो देखिने शव मुख्य सडकबाट उतर तर्फको रोडबाट २ सय मिटर पश्चिम दुर्गन्धित अबस्थामा फेला परेको हाे ।शबको पहिचान खुल्न नसकेकाे र ती युवाको मृत्यु वा हत्या के भएको हो भन्ने नखुलेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । शवलाई पोष्टमार्टमको लागि धरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठान पठाईएको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार