खाँदबारी नगरपालिकाले कृषी सामग्री बाँड्दै




सङ्खुवासभा, भदौ २२ गते । खादँबारी नगरपालिकाले यस बर्ष नगर भित्रका कृषकहरुलाई टनेल र मकै छोडाउने मेसिन सौलियत मुल्यमा वितरण गर्ने भएको छ । नगरपालिकाले चालु आर्थिक बर्षको कार्यक्रमबाट २ सय ५० वटा टनेल प्लाष्टिक र ११ वटा मकै छोडाउने मेसिन उपलब्ध गराउने भएको हो ।

५० प्रतिशत अनुदानमा वितरण गर्न लागिएको उक्त सामग्रीहरु कृषकले प्राप्त गर्नको लागि जिल्लाका विभिभन्न रेडियोहरुबाट सुचना जारि गरिसकिएको खाँदबारी नगरपालिकाका कृषी विभाग प्रमुख रामबहादुर ठाकुरले जानकारी दिनुभयो । टनेल प्लाष्टिक र मकै छोडाउने मेसिन प्राप्त गर्नको लागि निवेदन सहित कृषकको नागरिकताका प्रतिलिपी, जग्गा धनिको प्रमाण पत्र पेश गर्नु पर्ने समेत ठाकुरले जानकारी दिनुभयो ।

कृषी सामग्री माग गर्नेहरुको निवेदन भदौ मसान्तसम्ममा सङ्कलन गर्ने र असोजमा वितरण गर्ने योजना रहेको कृषी विभाग प्रमुख ठाकुरले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार