ताम्कु, कातिक १९ गते । जिल्ला प्रसासन कार्यालय संखुवासभा र सिलिचोङ गाउँपालिकाको संयुक्त आयोजनामा सिलिचोङ गाउँपालिकाका नागरिकहरुलाई नागरिकताको घुम्ति सेवा प्रदान गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेको नेतृत्वमा गाउँपालिकाको केन्द्र ताम्कु पुगेर नागरिकताको प्रमाण पत्र वितरण गरिएको हो ।
घुम्ती सेवाले सिलिचोङ गाउँपालिका भित्रका २ सय ३० जनालाई नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । आईतबार र सोमबार दुई दिन दिईएको शिबिरबाट ९४ जना पुरुष र १ सय ३६ जना महिलाले नागरिकता लिएका हुन् । त्यसमध्ये ४ अपांग र ५ जेष्ठ नागरिक छन् ।
आफ्नै गाउँमा नागरिकता पाएपछि स्थानीय नागरिकहरु हर्षित बनेका छन् । घुम्ती सेवा सिबिरमा गाउँपालिकाले पञ्जीकरणका सेवाहरु पनि प्रदान गरिएको गाउँपालिका प्रमुख रामबहादुर कुलुङले जानकारी दिनुभयो ।
प्रतिक्रिया