जाडो मौसममा अनुहार कसरी बचाउने ? पढ्नुहोस  !




काठमाडौं । जाडोको समयमा प्रायः छाला सुख्खा हुने फुट्ने गर्दछ । हाम्रो शरिरलाई आवश्यक पर्ने पानी तथा झोल पदार्थ नखानुलगायतका कारणले छाला फुस्रो हुने फुट्ने समस्याहरु आइपर्छन् । यसले गर्दा हामी चिन्तित भइरहेका हुन्छौ । तर हामीले केहि साना–साना कुरामा मात्र पनि ध्यान दियौँ भने यस्ता समस्याबाट मुक्ति पाउन सक्छौ । यस्तो समयमा हाम्रो छाला तथा अनुहारलाई स्वच्छ राख्न यी कुरामा ध्यान दिन आवश्यक छ ।

१) मनतातो पानीको प्रयोग
हामीले जहिल्यैपनि जाडोको समयमा मन तातो पानीले अनुहार धुने गर्नु पर्दछ । जसले गर्दा हाम्रो अनुहारमा रहेका बन्द भएका छालाका छिद्रहरु खुल्नको लागी मद्धत गर्दछ र अनुहारको छालभित्र रहेका फोहोरहरु निस्कन सक्दछ । त्यसले गर्दा अनुहार चम्किलो र सफा हुन मद्धत पुग्दछ ।

२) मोस्चराइजरको प्रयोग
हामीले हाम्रो अनुहार धोइसकेपश्चात मोश्चराइर क्रिमको प्रयोग गर्नु पर्दछ । जसले गर्दा शुख्खा रहेको छालालाई कमलो बनाउन मद्धत गदर्छ र छाला फुस्रो हुनबाट बच्दछ ।

३)टोनरको प्रयोग
हामी अधिकांश ब्यक्तिहरु घरबाट बाहिर निस्कने क्रममा धेरै मेकअपक गर्ने गर्दछौ । जसले गर्दा पनि अनुहारमा बिभिन्न किसिमका समस्या देखा पर्दछन् । त्यसैले अनुहारको छाला राम्रो होस् भन्नाका लागी मेक गर्नु भन्दा पहिले टोनरको प्रयोग गर्नु पर्दछ । यसले छालाको छिद्रहरु बन्द हुनबाट बच्दछ ।

४) अत्याधिक मेकअपको प्रयोग नगर्ने
अनेक थरिका क्रिमको प्रयोग गर्दा अनुहारमा बिभिन्न समस्या देखा पर्दछ । त्यसैले घरबाट निस्कने क्रममा सामान्य मोस्चराइजर क्रिम र सन ब्लक क्रिमको मात्र प्रयोग गर्नुपर्दछ ।

५) प्रत्येक घन्टा अनुहार सफा गर्ने
अधिकांश ब्यक्तिहरु बिहान मेकअप गरेर निस्किएपछि घर फर्केर मात्र मुख धुने गर्दछन् । यो बिल्कुल गलत हो । यदी अनुहार राम्रो बनाउन चाहानुहुन्छ भने घण्टामा एक पटक मुख धोएर सामान्य मोस्चराइजर क्रिम लगाउने गर्नुहोस् । जसले गर्दा तपाईको अनुहारको छाला स्व्चछ हुनुको साथै चमकदार हुनेछ । यदी मुख धुन सम्भब छैन भने तपाई हल्का भिजेको टिस्युले आफ्नो मुख सफा गर्न सक्नुहुन्छ ।

६) धेरै पानीको प्रयोग
जाडोको समयमा यदी तपाई कम पानी पिउनुहुन्छ भने यो बानीलाई तपाईले त्याग्नुपर्ने हुन्छ । पानीको कम प्रयोगले तपाइको छलामा चाहिने रक्तसंचार र पोषणहरु पुर्याउन सक्दैन जसले गर्दा अनुहारमा समस्या देखा पर्दछ ।

७) पर्याप्त निद्रा
कुनै व्यक्तिका लागि पर्याप्त निद्रा आवश्यक हुन्छ । जसले गर्दा तपाईको प्रतिरक्षा क्षमता वृद्धि नहुन सक्छ । त्यसकारण पनि तपाई पर्याप्त सुत्नुहोस् ।

८) आयुवेदिक जडीबुटी
आफ्नो खानामा अश्वगन्धा, अमला, तुलसी, त्रिफला जस्ता जडिबुटी समावेश गर्नु लाभदायक हुन्छ । यी जडिबुटीलाई चियाको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यी जडिबुटीहरुले हाम्रो शरीरको प्रणाली रोग प्रतिरोधी क्षमतालाई बढाउन मद्दत गर्छ र छालालाई चमक ल्याउन सहयोग पुर्याउछ ।

९) चिसो पेयबाट बच्नुहोस्
डाक्टरका अनुसार चिसो खाना र चिसो पेय पदार्थले पाचन रसको प्रभावलाई कम गर्छ । यसबाट विषाक्त पदार्थको निर्माणमा वृद्धि हुन्छ । त्यसैले यस मौसमका दौरान प्रतिरक्षा प्रणालीमा सुधारका लागि चिसो खाद्य पदार्थ र पेय पदार्थको सेवन नगरौं ।

१०) शरीरलाई क्रियाशील राख्ने
जाडो मौसममा बाहिर हिँडडुल गर्न अल्छी गर्ने, फुर्सद पाउनसाथ सिरक ओढेर सुत्ने बानी धेरैको हुने गर्छ । यस्तो बानी सुधार्नुपर्छ । बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्ने आदि काम गरेमा शरीरलाई आवश्यक ताप र ऊर्जा प्राप्त हुन्छ । जसले गर्दा रुघाखोकीजस्ता रोग लाग्ने जोखिम घट्छ ।

११) तनावरहित हुने
तनावका कारण हाम्रो हर्मोनको उत्सर्जनमा घटबड हुन जान्छ । जसको प्रत्यक्ष असर हाम्रो अनुहारमा देखिन्छ । त्यसैले तनाव कम गर्न योग गर्ने, मनमा नराम्रो कुरा नखेलाउने, आफ्नो र सबैको भलो सोच्ने गर्नुपर्छ ।

सम्बन्धित समाचार