प्रदेश स्तरय महिला कबड्डी प्रतियोगिता संखुवासभामा सुरु



संखुवासभा । प्रदेश नम्बर १ स्तरिय अन्तर जिल्ला महिला कबड्डी प्रतियोगितासंखुवासभामा सुरु भएको छ । प्रदेश १ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बुधबारबाट प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा प्रदेश १ का १४ वटै जिल्लाको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख र उपबिजेताले ५० हजार पाउने छन् । जिल्ला समन्वय समिति सङ्खुवासभाका प्रमुख सुमन शाक्यले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्नुहुँदै यस्तो प्रतियोगिताले खेल क्षेत्रमा खेलाडीलाई धेरै प्रोत्साहन मिल्ने दावी गर्नुभयो। कार्यक्रम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भरत कुमार घिमिरेको अध्यक्षतामा भएको हो ।

सम्बन्धित समाचार