कन्चनपुरको महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला ट्वेन्टी–२० क्रिकेटअन्तर्गत् शुक्रबारका खेलमा प्रदेश नम्बर–१ र प्रदेश नम्बर–५ विजयी भएका छन् ।
प्रदेश–१ र प्रदेश–५ समान ८ विकेटले विजयी भएका हुन् ।
शुक्रबारको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नम्बर–२ ले निर्धारत् २० ओभरमा ९ विकेट गुमाउँदै ७१ रन जोडेको थियो ।
७२ रनको चुनौती प्रदेश–१ ले १४.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गन्डकी प्रदेशले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ७८ रन बनाएको थियो ।
७९ रनको लक्ष्य प्रदेश–५ ले १२.२ ओभरमै २ विकेटको क्षतिमा भेट्टायो ।
प्रतिक्रिया