निकुञ्जको सहयोगमा होमस्टे सञ्चालन



सङ्खुवासभा । मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा आउने पर्यटकहरुको सुविधाको लागि निकुञ्जकै सहयोगमा होमस्टे सञ्चालनमा ल्याईएको छ । निकुञ्जको आर्थिक तथा भौतिक सहयोगमा जिल्लाको विभिन्न स्थानमा होमस्टे सञ्चालनमा ल्याईएको हो ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनका लागि स्थानीयले चासो देखाएपछि निकुन्जले सहयोग गरेको निकुन्जका सुचना अधिकारी हिमाल पाठकले जानकारी दिनुभयो । निकुन्ज क्षेत्रमा पर्ने रुट अन्तर्गत ८ वटा गाउँमा ५५ घरधुरीले गाउँस्तरमा होमस्टे संचालन गरेको सुचना अधिकारी पाठकले बताउनुभयो । होमस्टेको स्थापनासँगै पाहुनालाई गर्नुपर्ने आतिथ्य सत्कार, खानपान र ब्यवस्थापन लगायतको आवश्यक तालिम समेत प्रदान गरिएको छ ।

मकालु बरुण राष्टिय निकुन्ज क्षेत्रको भ्रमणमा आउने पर्यटकलाई थप सुबिधा उपलब्ध गराउन हामस्टे संचालन गरिएको निकुञ्जले जनाएको छ । मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने मकालु गाउँपालीकाको सेदुवा, गोलेचौर, र सिंहामा होमस्टे सञ्चालनमा ल्याईएको हो । त्यस्तै, सिलिचोङ गाउँपालिकाको ताम्कुमा पनि होमस्टे स्थापना गरिएको छ । त्यस क्षेत्रमा दुर्गम भएकोले बास र गासको सुविधा नहुँदा पर्यटकहरुले समस्या भोग्दै आएकाले पर्यटकहरुको समस्यालाई मध्यनजर गर्दै निकुञ्ज कार्यालयको सहयोगमा सामुदायिक होमस्टेको संचालनमा ल्याईएको जनाईएको छ ।

मकालु २ सेदुवामा ६ घर, मकालु ३ को गोलेचौरमा ८ घर, मकालु ३ कै सिम्मामा ५ घर र सिलिचोङ्ग ३ ताम्कुमा ५ घर गरि ३१ घर होमस्टेमा संलग्न रहेका छन् । १ सय २८ जनासम्म पाहुनालाई ब्यवस्थीत ढंगबाट खान र बस्न अटाउने गरि सामुदायिक होमस्टे संचालन शुरु गरेको निकुञ्जको भनाई छ । जिल्ला सदरमुकाम खाँदबारीबाट ३५ किमि उत्तरमा रहेको नुमसम्म मात्रै कच्चि सडक पुगेको छ । त्यहाँबाट मकालु आधार शिवीर सम्म पैदलयात्रा मार्फत नै पर्यटकहरु मकालु हिमालसम्म पुग्दै आएका छन् । अनकण्टार दुर्गममा खानेबस्नेको सुबिधा नहुँदा त्यस क्षेत्रको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटक समस्यामा पर्दै आएका थिए ।

होमस्टेको संचालन पश्चात त्यस क्षेत्रमा रोजगारीको अवसर श्रृजना हुने, स्थानीय उत्पादनको प्रवर्धनमा सहयोग पुग्ने दावी गरिएको छ । होमस्टे सञ्चालनबाट युवाहरु बिदेश पलायन हुने संख्यामा कमि आउने तथा स्थानीय बासिन्दाको आर्थिक उपार्जनमा थप टेवा पुग्ने मकालु ३ सिम्माका काजीमान गुरुङ्गको दावी छ । बिषेर गरेर होमस्टे संचालनले स्थानीय महिलालाइ जिवीकोपार्जन र रोजगारीको अवसर दिलाएको गुरुङले बताउनुभयो ।

सम्बन्धित समाचार