भाेलामान गुरुङले ल्याए म्युजिक भिडियाे ‘छ्याङ्कुटी डाँडा’



खाँदबारी । नेपाली सेनाबाट निवृत्त गायक भाेलामान गुरुङले छ्याङ्कुटी डाँडा गितकाे भिडियाे सार्वजनिक गरेका छन् । गायक गुरुङले आफ्नै युटुब च्यानल मार्फत भिडियाे सार्वजनिक गरेका हुन् ।

यस अघि नै तयारी गितकाे भिडियाे निर्माण गरि सार्वजनिक गरेका हुन् । भिडियाेमा गायककाे जन्मथलाे र आसपासका क्षेत्रहरुकाे माया तथा सम्झनाहरु समावेश गरिएकाे छ । गायक आफु परदेशिएपछि गाउँघरमा गरिएकाे कृयाकलापहरु, आफन्तहरुकाे सम्झना गित तथा भिडियाेमा समावेश गरिएकाे छ ।

भिडियाेमा गुरुङ स्वयम् र अपेक्षा तामाङले अभिनय गरेका छन् । गितकाे भिडियाे दिपेन्द्र राईले निर्देशन गरेका हुन् । गितकाे भिडियाेमा सङ्खुवासभाका विभिन्न क्षेत्रहरु प्रस्तुत गरिएकाे छ भने तराईका विभिन्न भुभागहरु छायाँङ्कन गरिएकाे छ ।

गितकाे शब्द पनि गुरुङले नै लेखेका हुन् । संगित दिपेन्द्र राई र गणेश रिजालले गरेका छन् भने संगित संयाेजन दिपेन्द्र राई र रुद्र श्रेष्ठले गरेका छन् ।

सङ्खुवासभाकाे चिचिला २ आहालेमा जन्मिएका गुरुङ गायन तथा सारङ्गी बादनमा पाेख्त छन् । नेपाली सेनाबाट अवकास प्राप्त गुरुङ हाल सुनसरीकाे ईनरुवा बस्दै आएका छन् ।

सम्बन्धित समाचार