खाँदबारी । जिल्ला अस्पताल संखुवासभा खाँदबारीमा शल्यकृया गरि काठमाण्डाै रेफर गरिएको सुत्केरीको पेटबाट कपडाको टालो (गज) भेटिएको छ । गत जेठ ११ गते खाँदबारी अस्पतालमा शल्यकृया गरिएको सबिता मगरको पेटबाट गज निकालिएको हो ।
मगरकाे शल्यकृयाबाट बच्चा निकाल्ने क्रममा अत्याधिक रक्तश्राव भएपछि रेफर गरि काठमाण्डाै लगिएको थियो । सविताको श्रीमान सविन मगरको अनुसार पेटमा टालो रहेको २२ गते थाहा पाएको र २४ गते पुन: शल्यकृया गरि निकालिएको छ । खाँदबारी अस्पतालबाट रेफर गरि पाटन अस्पताल पुगेर उपचार गर्याै, बिरामीको अवस्था सामान्य भएपछि रेफर दियाे मगरले भने फेरी ज्वरो आएपछि अस्पताल लगेर सिटी स्क्यान गर्दा पेट भित्र कपडा रहेको थाहा भयो ।
जिल्ला अस्पतालले बिरामीको रेफर गर्ने क्रममा गजसँगै सिलाईएको बारे कुनै जानकारी नदिएको र रेफर कागजमा पनि नलेखिएको मगरको भनाई छ । आफुहरुसँगै काठ्माण्डाै आएको स्वास्थ्यकर्मीले पनि यस बारे कुनै जानकारी नदिएको सविताका श्रीमान सविनको भनाई छ ।
यता रेफर गर्ने जिल्ला अस्पताल खाँदबारीका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सन्तोष देवले बिरामीको उपचारकै क्रममा रहेकोले रक्तश्राव रोक्न गजसँगै पठाईएको स्वीकारेका छन् । रेफर गरिएको अस्पतालले थप उपचारको क्रममा उक्त गज निकाल्नु पर्नेमा ननिकालेको डा. देवले बताए ।


प्रतिक्रिया