लिस्बनको अलामेदा पार्कमा निःशुल्क योग तथा माइन्डफुलनेस शिविर



लिस्वन । पोर्चुगलको लिस्बनस्थित अलामेदा पार्कमा योग तथा माइन्डफुलनेससम्बन्धी शिविर सञ्चालन हुने भएको छ । ‘योगा इन द पार्क’ नाम दिइएको उक्त कार्यक्रम एफआईबीआई (FIBI) र अन्तरयोगिमाको संयुक्त आयोजनामा हुन लागेको हो।

आयोजकका अनुसार कार्यक्रमको पहिलो सत्र जुन महिनाको १३ देखि सुरु हुनेछ। प्रत्येक सत्र बिहान ८:०० बजेदेखि ९:१५ बजेसम्म सञ्चालन गरिनेछ। कार्यक्रममा आरवाईटी (RYT) प्रमाणित योग प्रशिक्षकहरुले प्रशिक्षण दिने जनाइएको छ ।

योग अभ्याससँगै मानसिक शान्ति, ध्यान तथा सचेत जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागीहरूलाई योग र माइन्डफुलनेसका विविध अभ्यास गराइनेछ।

कार्यक्रममा सहभागिता निःशुल्क रहने भए पनि पूर्वदर्ता गर्नु पर्ने आयोजकले जनाएको छ। आप्रवासीसम्बन्धी काम गरिरहेको आयोजक संस्था एफबिआईकी अध्यक्ष मुना सुनुवारका अनुसार यस कार्यक्रमले समुदायमा स्वास्थ्य, मानसिक सन्तुलन र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार