आठाैँ पांमा कपकाे उपाधी सेकाहालाई 



खाँदबारी । संखुवासभाको खाँदबारी नगरपालिका–४ स्थित भगीवन्त रंगशालामा सम्पन्न आठौं आमन्त्रित पांमा कप फुटबल प्रतियोगिताको उपाधी सेकाहाले हात पारेको छ । सोमबार भएको फाइनल खेलमा हेकाहाले सित्तलपाटी लाई १–० गोल अन्तरमा विजयी भएको हो ।

फाइनल खेलमा सेकाहा सामुदायिक विकास क्लव सेकाहाले सित्तलपाटी फुटबल क्वललाई शुन्य गोलका विरुद्ध १ गोल अन्तरले पराजित गर्दै सेकाहा विजेता बनेको हो । पहिलो हाफसम्म 0-0 गोल रहेको खेलको दोस्रो हाफमा सेकाहाले १ गोल गर्दै  फुटबल प्रतियोगिताको उपाधी हात परेको छ । खेलको ६१ औं मिनेटमा गरेको निर्णायक गोले गरेर सेकाहालाई विजयी बनाउने संजय धिमाले म्यानअफद म्याच घोषित भए ।

विजेता सेकाहाले नगद २ लाख दुई हजार दुई सय २२ रुपैयाँ, ट्रफि, मेडल, प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता सित्तलपाटीले नगद एक लाख १ हजार एक सय १ रुपैयाँमा चिक्त बुझाएको छ । सेमिफाइनलिष्ट दुई टिम आर्दश क्लव झापा र तुम्लिङटार स्पोटिङ क्लवले  नगद २५/२५ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा विभिन्न विधामा समेत ट्रफि, मेडल, प्रमाण पत्रले सम्मान गरिएको आयोजकले जनाएको छ ।

विजयीहरुलाई कोशी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास तथा स्वास्थ्य मान्त्री भुपेन्द्र राईको प्रमुख आतिथ्यतमा प्रतियोगिताको समापन कार्यक्रम भएको हो । विजयीहरुलाई प्रमुख अतिथि राई, खाँदबारी नगरपालिकालका मेयर महेश थपलिया लगायतका अतिथिहरुले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

विहिबारबाट सुरुभएको फुटबल प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका १० क्लबको सहभागिता रहेको प्रतियोगिता संयोजक ध्यान सिंह राईले जानकारी दिए ।

सम्बन्धित समाचार