लिस्वन । गैरआवासीय नेपाली संघ, पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण हमालले सर्वपक्षीय बैठकको आव्हान गर्नु भएको छ । उहाँले एक विज्ञप्ति जारी गर्दै सो कुरा आव्हान गर्नु भएको हो ।
वैठक ३० नोभेम्बरमा आरोइसको मण्डला हाउसमा हुने जनाएको छ । संस्थापक अध्यक्ष हमालले विगतमा संघले राम्रा काम गरे पनि पछिल्लोपटक संघमा देखिएको विवाद र सामाजिक सञ्जालमा फैलिएको नकरात्मक समाचारप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
यतिखेर संघले राहदानी नवीकरण, कागजपत्र प्रमाणीकरण, नेपालमा भएका दैवी प्रकोपलगायतमा ध्यान दिनुपर्नेमा आन्तरिक विवादमा देखिएकोले यसलाई समाधान गर्न संस्थापक अध्यक्षको हैसियतले सर्वपक्षीय वैठकको आयोजना गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
गैरआवासीय नेपाली संघ, पोर्चुगलको ३० जुलाई २०२३ मा भएको नवौं राष्ट्रिय महाधिवेशनले अध्यक्ष पदमा दुई जनालाई एक-एक वर्ष कार्यकाल बाँड्ने सहमति भए पनि कार्यान्वयनमा विवाद देखिएको छ। विवादले संघको गतिविधि ठप्प भएको छ ।
प्रतिक्रिया