काठमाण्डौ । दोस्रो जनआन्दोलनपछि सञ्चारका माध्यममा व्यापक वृद्धि भएको छ । केही वर्षअघिसम्म मुख्य धार नमानिने अनलाइन सञ्चारमाध्यमले अहिले आफ्नै परिचय बनाउँदै लगेका छन् । समग्रमा अहिले नेपालको मिडियामा लोभ लाग्ने परिवर्तन देखिइरहेका छन् ।
नेपालको मिडिया क्षेत्रमा देखिइरहेका यिनै परिवर्तनलाई पहिचान गर्ने र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले ड्रिम हाई नेपालले मिडिया अवार्ड गर्ने निर्णय गरेको छ । नेपाल मिडिया अवार्ड २०७८ नाममा निकट भविष्यमै हुन गइरहेको यो अवार्डले मिडियाका विविध स्वरूप र विधालाई समेटेर अवार्ड कार्यक्रम गर्न लागेको हो ।
रेडियो, टेलिभिजन, युट्युब, प्रिन्ट र अनलाइनका विविध विधालाई समेटेर गरिने अवार्ड ुसेलिब्रेटिङ विथ चेन्जमेकर्स’ थिमका साथ हुन लागेको आयोजक ड्रिम हाई नेपालका अध्यक्ष कमल जिसीले बताउनुभयो ।
निकट भविष्यमै हुन लागेको यो अवार्डमा सञ्चार माध्यमका मुख्य विधाको पहिचान गर्ने र त्यो विधामा उत्कृष्ट काम गरिरहेकाको सूची तयार गरी मनोनयन सार्वजनिक गर्ने जिसीको भनाइ छ । यसरी मनोनयनमा परेका कार्यक्रम, प्रस्तोता वा समाचारलाई मिडिया क्षेत्रका विज्ञको निर्णायक टोलीले मूल्याङ्कन गरी विजेताको घोषणा गरिने आयोजकको भनाइ छ ।
नेपालमा मिडिया क्षेत्रलाई समेटेर पहिलो पटक अवार्ड हुन लागेको हो ।
सन् २०१८ मा स्थापना भएको ड्रिम हाई नेपालले यसअघि नेपथ्य कन्सर्ट, अनमोल केसीको कन्सर्ट कार्यक्रम ुअनमोल इभ’ र यही वर्ष फिल्म प्राविधिकहरूको संस्था नेपाल फिल्म प्राविधिक सङ्घले गर्दै आएको ुनेफ्टा’ अवार्ड आयोजना गरेको थियो ।
प्रतिक्रिया