म्याग्दीका कलाकारले ल्याए ‘तिजको लखेटो दाइने पखेटो’


२३ श्रावण २०७८, शनिबार


काठमाडौं । नेपाली हिन्दु महिलाहरूको चाड तिजको अवसरमा ुतिजको लखेटोु बोलको गीत सार्वजनिक भएको छ। गीतमा ध्रुव जिसी, रामु रिजाल, शक्ति छिनाल, मिलन विश्वकर्मा र शान्ता परियारको आवाज रहेको छ।

गायक जिसीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गीत म्याग्दीका ग्रामीण भेगमा गाइने तिज भाकामध्ये एक हो। गीतको शब्द र लय संकलन जिसीको नै रहेको छ। एरेन्ज तारानाथ आचार्यको रहेको छ। गीतको छायांकन, निर्देशन र सम्पादन भूपेन बाँनियाको रहेको छ।

गीतमा सुनिल बाँनिया, देवेन्द्र घिमिरे, विज्ञान हमाल, शंकर पौडेल, कमल पौडेलसहित करिब दुई दर्जन कलाकारको अभिनय रहेको छ। गायक जिसीले विस्तारै लोप हुँदै गएको भाकालाई संरक्षण गर्न गीत बजारमा ल्याइएको जानकारी दिए।

सम्बन्धित समाचार