दुई हजार ४७३ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमणले ३२ जनाको मृत्यु


२८ श्रावण २०७८, बिहिबार


काठमाडौं। पछिल्लो २४ घण्टामा दुई हजार ४७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा दुई हजार २९४ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ३२ जनाको मृत्यु भएको छ । योसँगै दश हजार २१२ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३।४ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

सम्बन्धित समाचार