काठमान्डौ-संखुवासभा हवाइ यातायातमा व्यापक अन्यमितता र ठगी



डोमेस्टिक प्रोग्रेसको नाममा हवाइ भाडादरको अपर लिमिट र लोअर लिमिट लागु गरेपछि त्यहाँ व्यापक अनियमिता र ठगी सुरु भएको छ । आइतबार बुद्ध एयरको एउटै प्लेनमा यात्रा गरिरहेका ग्राम सिँ राईको हातमा ५ हजार २ सय ८५ रुपैयाको टिकट थियो र सन्तोष थापाको हातमा ४ हजार ६ सय ८५ रुपैयाको टिकट थियो । सोही प्लेनमा यात्रा गरिरहेका यात्रुहरुले ५ हजार ८ सय ८५ रुपैयासम्म भाडा तिरेको बताए ।

बुद्ध एयर तुम्लिङ्टार बिमानास्थलका प्रमुख राम कुमार लुइँटेलले काठमाण्डौ– बिराटनगरको हवाइ भाडादरको उदाहरण दिँदै भने, “सिस्टममा भएअनुसार काठमाण्डौ– बिराटनगरको पहिलो भाडादर ७ हजार ३ सय ५५ रुपैया छ, दोस्रो ६ हजार ६ सय ५५ रुपैया, तेस्रो ६ हजार ५५ रुपैया, अर्को ५ हजार ४ सय ५५ रुपैया, अर्को ४ हजार ५५ रुपैया र आज सोमबारको भाडादर ३ हजार रुपैया मात्र छ ।”

नेपाल नागरिक उड्ययन प्राधिकरणले अपर लिमिट र लोअर लिमिट भनेर हवाइ भाडामा उत्तराचढाव गरिरहेकोले हवाइ टिकटको भाडादरमा फरक परेको लुइँटेलले बताए । उनले भने, “एयरपोर्टहरुको नियमन निकाय भनेको नागरिक उड्ययन प्राधिकरण हो, बढी भाडादर उठायोभने प्राधिकरणले कारवाही गर्छ, इन्टरनेसनल ल प्वोइन्ट सेभेनमा वा गियर बक्समा जुनमा पनि भाडा क्याटोराइज हुन्छ ।

यहाँ मात्रै होइन अन्तराष्ट्रिय नियमअनुसार पनि भाडा क्याटागोराइज हुन्छ, पहिलेको जस्तो मेनुअल राख्ने, हातले कोर्ने त्यो अहिले छैन, यो सबै अनलाइनबाट छोडेको हुन्छ, हिजोअस्तिसम्म नेपालका सम्पूर्ण एयरपोर्टहरुमा एउटै भाडादर थियो, इन्टरनेसनल प्रोग्रेस हुँदै अहिले आएर डोमेस्टिक प्रोग्रेस लागु भएपछि हवाइ भाडा फरक गर्ने नियम बनेको हो । यो भाडादर बुद्ध एयरलाइन्समा मात्र नभएर येतीमा, सौर्यमा सबैतिर छ ।”

हवाइ यातायातको लागि वेभसाइटहरुमा पनि टिकट काट्न सक्ने गरी डोमेस्टिक प्रोग्रेस सुरु गरिएको र आफूलाई चाहिएको दिन जुन सस्तो भाडा छ त्यसैमा टिकट काट्ने व्यवस्था रहेको छ तर टिकट काट्नेहरु अधिकांशले फरक भाडादरका बिषयमा जानकारी पाएका छैनन् र एकोहोरो महँगो भाडादरको टिकट मात्र लिइरहेका छन् ।

यसमा कसले कुन समय कति भाडादरको टिकट लियो भनेर हेक्का राख्ने र कारवाही गर्ने पाइएको छैन । एजेन्टहरुले महङ्गो दरभाउको टिकट मात्र बेचिरहेको र सस्तोमा जानकारी नै दिन नचाहेको यात्रुहरुले गुनासो गरेका छन् । यसभित्र ठगी गर्ने सञ्जाल कसरी बिस्तार भएको छ भन्ने खोजीको बिषय बनिरहेको देखिन्छ ।

साभार : पुर्वेली हेडलाइन्स्

सम्बन्धित समाचार