ज्यान मार्ने कसुरमा मुद्दा परेका फरार अभियुक्त तीन वर्षपछि पक्राउ



काठमाडौं ।  ज्यान मार्ने कसुरमा मुद्दा परेका फरार अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गर‍ेको छ। काठमाडौं जोरपाटी बस्ने सिन्धुपाल्चोकको पाँचपोखरी थाम्पाल गाउँपालिका-५ का २७ वर्षीय गान्टे भनिने प्रकाश गोलेलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको महानगरिय अपराध महाशाखाका प्रमुख सहकुल थापाले जानकारी दिए।

२०७३ असार २३ मा काठमाडौंको गोकर्णेश्वर नगरपालिका-९ माकलबारीमा  गोले‚ भेजा र किरण तामाङ भन्ने किरण श्रेष्ठले खुकुरी प्रहार गरी सम्बरबहादुर तामाङलाई घाइते बनाएका थिए। पक्राउ परेका गोलेलाई आवश्यक कानुनी कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाएको महाशाखा प्रमुख थापाले जानकारी दिए।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..